२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, हजारौं घर जोखिममा


78
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको राष्ट्रिय निकुन्ज नजिकको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि हजारौं घरहरु जोखिममा परेका छन् ।

निकुन्ज नजिकैका बासीन्दाहरु सुरक्षित स्थान तर्फ सरेका छन् । योसेमाइट राष्ट्रिय निकुन्जसँगै जोडिएको जंगलमा भीषण आगलागी भएको र नियन्त्रणका लागि सम्पूर्ण संयन्त्रहरु परिचालन गर्दा पनि आगो तीव्र गतिमा फैलिरहेको जनाइएको छ । अमेरिकामा बढ्दै गइरहेको तापमानकाबीच जंगलमा आगलागी भएको हो ।

क्यालिफोर्नियाको जंगलमा भएको आगलागीले विश्वका सबै भन्दा ठूला रुखहरुलाई खतरामा पारेको छ । अमेरिकाको ओक्लाहामामा ४१ डिग्री तापक्रम पुगेकोमा डलास र वासिङटन डीसीमा हाल ३८ डिग्री तापमान मापन गरिएको छ ।