२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरामा महानगरपालिकाका मेयरहरुको सम्मेलन हुँदै


169
Shares

काठमाडौं । पोखरामा देशभरका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ ।

आगामी साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।

महानगर सञ्चालन विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान–प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखरा महानगरपािलकाले जनाएको छ ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको संचालन कानून फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएको थिएन । यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल गर्ने बताइएको छ ।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पूराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।