२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी


78
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

विभागबाट छपाइ भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।