१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग


3.354k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबुकुमार यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेश प्रदेशका किसानहरु समस्यामा परेको बताउनुभयो । उहाँले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

उहाँले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्वीवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले किसानलाई विद्युत पूर्ण रुपमा छुट गराउनुपर्ने बताउनुभयो ।

उहाँले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताउनुभयो । सांसद यादवले किसानलाई प्रतिविगाहा १० हजारका दरले राहत दिनुपर्ने बताउनुभयो ।