१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेविसंघले निकाल्यो मशाल जुलुस


0
Shares

काठमाडौं, बैशाख २९ । नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै उनीहरुले मसाल जुलुस निकालेका हुन् ।

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका ४ ले सोमबार साँझ लोलाङदेखि बाइपाससम्म मसाल जुलुस निकालेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए ।

सोमबार दिउँसो प्रदर्शनमा पक्राउ परेका नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेता कार्यकर्ताको रिहाईको मागमा जुलुस निकालेको उनले बताए ।

विरोध प्रदर्शनमा केही दर्जन नेविसंघ कार्यकर्ता र केही कांग्रेस कार्यकर्ता पनि सम्मिलित थिए ।