१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गलत ढंगले नागरिकता विधेयक पारित भयो : नारायणकाजी श्रेष्ठ


4.186k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

अन्तरबस्तु र पद्धति दुबै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गर्नुभयो । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्‍याउनुभयो ।