
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताउनुभएको हो ।
उहाँले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गर्नुभयो । उहाँले देशको आवश्यकता वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताउनुभयो ।
उहाँले तत्कालिन आवश्यकता पाँच दलिय गठबन्धनको भएपनि दीर्घकालिन आवश्यकता भने वाम एकता रहेको बताउनुभयो । बाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भएपनि प्रभावकारी भने नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्