
पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका – २ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।
आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरी चौकीले जनाएको छ । मृतको पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ ।
बस सडकबाट करिब सय मिटर तल खसेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धारा गरिरहेका छन् ।
घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्