
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताउनुभएको छ ।
सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको दाबीसमेत गर्नुभयो ।
उहाँले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धीमूलक भएको प्रतिवेदन समेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्ने चिन्ता गर्नु नपर्ने बताउनुभयो । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने जिकिर गर्नुभयो ।
सचेतक विश्वकर्माले सत्तारुढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्