
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।
१७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै उहाँले संविधान र कानूनमा ३३ प्रतिशत महिला अधिकार भनिएपनि अझै १७ प्रतिशत महिला अधिकारविहीन रहेको बताउनुभयो ।
मन्त्री भुसालले संविधान र कानूनले सम्पतीको हकमा महिला पुरुष दुबैलाई सम्मान अधिकार दिएपनि व्यवहारमा लागू नभएको जिकिर गर्नुभयो ।
मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने आवाज आएको भन्दै राष्ट्रको नेतृत्व उमेरले नभई विचारले गर्नुपर्ने बताउनुभयो । नयाँ विचार भए नेतृत्व जसले गरेपनि फरक नपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्