२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु


234
Shares

काठमाडौं । हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

अमेरिका जाने क्रममा रहेको हाइटीका शरणार्थीहरू चढेको डुंगा न्यु प्रोभिडेन्स टापुबाट अघि बढ्ने बित्तिकै बहामास तटमा पल्टिएको हो । साेही घटनामा एक शिशुसहित १७ जनाको मृत्यु भएको हो । ६० जना भन्दा बढी शरणार्थी सवार उक्त डुंगाबाट २५ जनाको भने उद्धार गरिएको छ ।

हाइटीमा बढ्दो गरीबी र हिंसाका कारण अधिकांश सर्वसाधारण पलायन हुने क्रम समेत जारी रहेकाे छ । घटना लगत्तै मानव तस्करीको आरोपमा २ जनालाई पक्राउ समेत गरिएको छ ।