
काठमाडौं । फिलिपिन्समा एक पूर्वमेयर पूर्वमेयरसहित ३ जनाको गोली हानी हत्या गरिएको छ ।
फिलिपिन्सको क्वेजोन सहरस्थित एटेनियो डि मनिला विश्वविद्यालयमा आयोेजित एक कार्यक्रमकाबीच एक ब्यक्तिले गोली हान्दा पूर्वमेयर रोज फुरिगेसहित ३ जनाको मृत्यु भएको हो । साेही घटनामा मेयरकी छोरी घाइते भएकी छन् ।
आक्रमणमा फुरिगेका एक सहयोगी र विश्वविद्यालयका एक जना सुरक्षाकर्मी पनि मारिएका हुन् । पूर्वमेयर विश्वविद्यालयमा आफ्नी छोरीको दीक्षान्त समारोहमा सहभागी भएकै बेला गोली प्रहार भएको हो ।
आक्रमणमा संलग्न बन्दुकधारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । राजनीतिक पात्रहरूको हत्या हुनु सामान्य मानिने फिलिपिन्समा विद्यालय र विश्व विद्यालयहरूमा भने बिरलै गोली चल्ने गर्दछ । फुरिगे फिलिपिन्सको दक्षिणी अस्थिर शहर लामिटानका पूर्वमेयर हुन् ।
फिलिपिन्सकाे प्रहरीले हत्यारा र फुरिगेबीच लामो समयदेखि आपसी मनमुटाव र कानूनी लडाई रहेको हुनसक्ने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्