
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरेको र मृत्यु हुनेहरूमा पनि उनकै परिवारका सदस्यहरू रहेको जनाइएको छ । यद्यपी मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
पहिरोमा परी एक जना घाइते भएको र उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्