१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


संस्कृतिविद सत्यमोहन जोशी पुगे १०१ वर्ष


0
Shares

काठमाडौं, बैशाख ३० । संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।

जोशीको जन्मदिनका अवसरमा उनीप्रति विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् । यद्यपि यस वर्ष कोरोनाका कारण मुलुभर बन्दाबन्दी रहेकाले जन्मदिनका अवसरका कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

ललितपुर निवासी जोशीलाई सय वर्ष पुगेका अवसरमा गत वर्ष ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाएको थियो । यसक्रममा जोशीको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकलाई सम्मान जस्ता कार्यक्रम गरिएका थिए ।

जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पनि शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले शुभकामना दिएका हुन् ।