१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा १८ जनामा डेंगु देखियो


247
Shares

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासीन्दाहरुमा डेंगुरोग देखापरेको छ ।

लामखुट्टेको टोकाईबाट लाग्ने याे रोग गत असारदेखि बढ्दै जाँदा पछिल्लो समयमा २० देखि ४० वर्ष उमेर समूहका सिन्धुली अस्पतालमा १८ जना बिरामी भेटिएको सिन्धुली अस्पतालले जनाएको हाे। असार महिनामा ६ जनामा देखिएको डेंगु साउनको पहिलो सातामा नै त्यसको दोब्बर संख्यामा देखिएको अस्पतालले जनाएको छ । साउनमा १२ जनामा संक्रमण पोजेटिभ देखिएकाहरुमा हाल १० जना पुरुष र ८ जना महिला देखिएकाे छ ।

कमलामाई नगरपालिकाको वडा नं. ६ मा सबै भन्दा बढी बिरामी भेटिएका छन् । साथै मरिण गाउँपालिकाका विभिन्न वडाहरुमा पनि डेंगुका बिरामी भेटिएका छन् । ज्वरो आउने, जिउ दुख्ने, वाकवाकी लाग्ने, हातखुट्टा दुख्ने र पेट दुख्ने लक्षणका बिरामी भेटिएसँगै सिन्धुली अस्पतालले डेंगु परिक्षण गरेपछि २ जनालाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको जनाएको छ ।

सिन्धुलीमा डेंगुका बिरामीहरु बढ्दै जाँदा सिन्धुली अस्पतालमा डेंगु परीक्षणको किट्सको कमी समेत भएकाे छ।