
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।
गृहमन्त्री खाँणले नागरिकता ऐन आवश्यकता अनुसार परिष्कृत हुँदै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता दिनको लागि संशोधित गरेर ल्याइएको बताउनुभयो ।
उहाँले कसैको पनि दवाव, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताउनुभयो ।
मन्त्री खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्