
पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा भएको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा विहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिनुभयो ।
जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ ।
दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन् । जिपधनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको हुनसक्ने देखिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्