१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा १ वर्षमा ९८८ उद्योग दर्ता


546
Shares

काठमाडौं । झापामा आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् ।

जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँ उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् ।

त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

दर्ता भएका ती उद्योगको स्थायी पुँजी रु एक अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालु पुँजी ती अर्ब छ करोड ७२ लाख ४१ हजार रुपैयाँ रहेको कार्यालयका उद्योग अधिकृत टंकप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमा एक हजार १९६ पुरुष र एक हजार १६६ महिला गरी दुई हजार ३८९ उद्यमी रहेका छन् । ती उद्योगबाट एक हजार ४०६ महिला र एक हजार ५६६ पुरुष गरी दुई हजार ९७६ जनाले रोजगारी पाउने छन् ।

उद्योग दर्ताबापत कार्यालयले ७७ लाख १७ हजार ९०० रुपैयाँ राजस्वसमेत संकलन गरेको कार्यालयले जनाएको छ ।