
नवलपरासी । नवलपरासी जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा भएको छ ।
कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो ।
जिल्लामा ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच नियमित खोपतर्फ पनि सोमबार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्