
काठमाडौं । कुवेतमा अहमद नवाफ अल–अहमद अल–सबाह नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
कुवेतका अमिरले एक निर्देशिका जारी गर्दै आफनै कान्छा छोरा सबाहलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो ।
कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।
नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान छ ।
सोही बमोजिम उक्त सभाबाट उनीहरूको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने भएको छ ।
यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मेमा दिएका राजीनामा कुवेतका अमिरले स्वीकृत गरेपछि प्रधानमन्त्री पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस्