
काठमाडौं । आसन्न नेपाल टी–२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारले सोमबार आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग मध्येको लुम्बिनीले लोगो सार्वजनिक गरेको हो ।
६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म चार टोलीको टुङ्गो लागेको छ । सार्वजनिक चार मध्येमा तीन टोलीमा भारतीय मालिक रहेका छन् भने एक टोलीले नेपालको प्रतिनिधित्व गर्दैछ ।
यद्यपि दुई टोलीको टुङ्गो छिट्टै लाग्ने क्यानले जनाएको छ ।
क्यानको ड्रिम प्रोजेक्ट अन्तर्गतको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । खेल कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने तालिका रहेको छ ।
आधिकारिक लोगो सार्वजनिक गरेको लुम्बिनी प्रतियोगिताका लागि लोगो घोषणा गर्ने पहिलो टोली समेत बनेको छ ।
कार्यक्रममा बोल्दै टोलीका प्रमुख सञ्जय शर्माले यस लिगमा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्