
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको पहिलो हप्तामा नै वाणिज्य बैंकहरूको निक्षेप उल्लेख्य घटेको छ ।
निक्षेपको तुलनामा कर्जा सामान्य अंकले घटेको नेपाल बैंकर्स संघले जारी गरेको विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले एक हप्ताको अवधिमा ६३ अर्ब घटेर ४४ खर्ब ७८ अर्बमा झरेको हो ।
यसैगरी एक हप्ताको अवधिमा कर्जा प्रवाहमा पनि १० अर्बले कमी आएको छ ।
गत साता ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी एक हप्तामा ४१ खर्ब ६५ अर्बमा झरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्