३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


श्रीलंकाका पूर्वराष्ट्रपतिविरुद्ध अभियोग दर्ता गर्न सिंगापुरसँग अन्तर्राष्ट्रिय मानवअधिकारको आग्रह


247
Shares

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेविरूद्ध मानवताविरुद्ध अपराधको आरोपमा अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग आग्रह गरेको छ ।

दक्षिण अफ्रिकास्थित इन्टरनेशनल ‘ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट’ ले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा राजपाक्षेलाई गिरफ्तार गर्न र विश्वव्यापी अधिकार प्रयोग गर्न सिंगापुरलाई आग्रह गरेको हो । उक्त संस्थाको ६३ पृष्ठको गुनासोमा हत्या, मृत्युदण्ड, यातना, अमानवीय व्यवहार, बलात्कार, अन्य प्रकारका याेन हिंसा, स्वतन्त्रताबाट बञ्चित, गम्भीर शारीरिक, मानसिक हानी र भोकमरीजस्ता घटना गराएको आरोप राजपाक्षेमाथि लगाइएको छ ।

आर्थिक संकटबाट आक्रोशित हजारौं प्रदर्शनकारीले सरकारी निवासमा आक्रमण गरेपछि राजपाक्षे तीन साता अघि मालदिभ्स हुँदै सिंगापुर पुग्नु भएको थियो । सन् २००९ मा तमिल पृथकवादी समूहको विद्रोहलाई साम्य पार्ने गरी कारबाही हुँदा उहाँका भाइ महिन्दा राजपाक्षे राष्ट्रपति हुनुहुन्थयो भने गोताबायाले श्रीलंकाको रक्षा मन्त्री हुनुहुन्थ्यो ।