
काठमाडौं । क्यानाडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गरी दुई जनाको मृत्यु भएकाे छ ।
भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना भने घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीकाे पनि मृत्यु भएकाे छ । घाइते एक महिलाको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ ।
अमेरिकामा एकपछि अर्को गोली प्रहारका घटना भईरहेको बेला क्यानाडामा पनि त्यस्तै घटना भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुक राख्ने कानूनमा कडाई गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्