
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्याङ्क आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकमाथिको छलफलमा बोल्दै सांसद विशंखेले तीन तहकै सरकारले तथ्याङ्कलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्याङ्क विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद विशंखेले नेपालको तथ्याङ्क मिथ्याङ्क भइरहेको भन्दै उहाँले यो विधेयकले मिथ्या तथ्याङ्कलाई व्यवस्थित गर्न सक्नुपर्ने बताउनुभयो ।
सांसद विशंखेले नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेको भन्दै तथ्याङ्क विभागले फर्महरू बनाउँदै वास्तविक तथ्याङ्क ल्याउन आवश्यक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्