
काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।
सांसद विश्वकर्माले राष्ट्रिय परिचयपत्रको पनि तथ्याङ्क हुने भएकोले राष्ट्रिय परिचयपत्रमा भएका जाती विशेष मिथ्याङ्कलाई सच्याउनुपर्ने बताउनुभयो ।
उहाँले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जाती वा थरहरूमा आफ्नो विमति रहेको बताउनुभयो ।
सांसद विश्वकर्माले अहिलेको तथ्याङ्क विधेयकले देशको तथ्याङ्कका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्