
काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेकोमा विरोध जनाएको भन्दै गान्धीलाई पक्राउ गरिएको हो ।
भारतीय सुरक्षाकर्मीले सोनिया गान्धीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘इडी’मा बोलाइएको थियो ।
राजनीतिक प्रतिशोधका कारण सोधपुछ गरिएको भन्दै भारतीय कांग्रेसले व्यापक प्रर्दशन गरेको थियो । सोही क्रममा प्रहरीले राहुल गान्धीलाई हिरासतमा लिएको हो ।
प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो । प्रदर्शनमा सहभागी राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले कंग्रेसको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै केन्द्र सरकारको व्यापक आलोचना गर्नुभयो ।
राहुल गान्धीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई राजा ठानेर देशको शासन सम्हालेको भन्दै मोदीविरुद्ध व्यापक नाराबाजी गरेका थिए ।
सोनिया गान्धीलाई गरेको सोधपुछविरुद्ध कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्