१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार चुप लागेर बस्यो : सांसद सिग्देल


117
Shares

काठमाडौं । सांसद केदार सिग्देलले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताउनुभयो ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सिग्देलले सत्तापक्ष भन्दा बाहिर हुँदा संसद नै हल्लाएर बोल्ने सांसदहरु समेत अहिले चुप बस्न थालेको आरोप लगाउनुभयो ।

उहाँले देउवा सरकारले एक वर्षमा निर्मलाको हत्याका विषयमा अपराधी खोज्न गरेका काम बाहिर ल्याउन आग्रह गर्नुभयो । सांसद सिग्देलले सरकारले तत्काल अपराधी पत्ता लगाएर कारबाही गर्न माग गर्नुभयो ।