२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


286
Shares

काठमाडौं । नवलपरासीको सुस्ता-२ सतपत्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ का ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका फौहदारको चौपत्तास्थित शहिद स्मृती सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ साँगुरो पुलबाट तल खसेको प्रहरीले जनाएको छ ।