१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक तथा वित्तीय संस्था परिसंघले स्वागल गर्‍यो मौद्रिक नीतिको स्वागत


130
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ ।

संस्थाले मंगलबार मौद्रिक नीतिबारे औपचारी धारणा सार्वजनिक गर्दै कार्यान्वन भने चुनौतिपूर्ण रहेको पनि जनाएको छ ।

नीतिमा उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि कसिलो नीतिले प्रभावकारी काम नगर्ने परिसंघको ठहर छ ।

सिबिफिनले अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएका कारण नीतिले लिएका लक्ष्यको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाको कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको हो ।

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गर्ने आफुहरुको माग सम्बोधन भएकोमा सिविफिनले खुशी व्यक्त गरेको छ ।

कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने, निर्यात प्रवद्र्धनमा विशेष प्राथमिकता दिइने, विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्था गरिनुलाई सिविफिनले स्वागत गरेको छ ।

बैकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई घटाइएको अवस्थामा कर्जा प्रवाहको सीमामा सङ्कुचन जस्ता विषयले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने सिविफिनको ठहर छ । साथै बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा सङ्कुचन हुन जाने चुनौती देखिएको सिबिफिनले जनाएको छ ।