
काठमाडौं । न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ ।
मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरुको सरुवा गरेको जनाइएको छ ।
त्यस्तै, परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि गरेको छ । २०० जनाले दिएको आवेदनमा उनीहरुलाई छनोट गरिएको हो ।
त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्