
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।
आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । साथै देशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्