
सिन्धुपाल्चोक । मेलम्चीदेखि हेलम्बुसम्म बाढीका कारण दैनिक जसो सडक अवरुद्ध भएका छन् ।
हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरिरहेको छ । बाढीले आसपासका क्षेत्रमा कटान गरिरहंदा मेलम्चीदेखि हेलम्बुसम्मको सडक दैनिक जसो अवरुद्ध हुँदै आएको छ । किउलको गणेशेबगरदेखि रातोपुलसम्मको बाटोमा खोलाले कटान गर्दा सडक अवरुद्ध भएको हो ।
बाढीले कटान गरेपछि बन्द भएको सडक खुलाउन गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको सक्रियतामा बुधबार बिहानैदेखि सडक मर्मत भइरहेको छ । बगरको सडक तयार नहुँदासम्म यातायातका साधन चुरेटार हुँदै संचालन भइरहेको र केही घण्टामा गणेशेबगरको सडक पनि सुचारु हुने उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोकमा गत वर्षको असारमा आएको बाढीको वितण्डा अझै कायमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्