१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो, दोस्रो स्थानको बेलायतमा ३२ हजारबढीको मृत्यु


0
Shares

एजेन्सी, बैशाख ३० । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार नाघेको छ । करिब ३ लाखमानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा करिब २२ हजार मानिसको मृत्यु भएको छ ।

विश्वभर २ लाख ९२ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा ४३ लाख ३९ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

कोरोनाबाट मृत्यु हुनेमा दोस्रो स्थानमा रहेको बेलायतमा भने ३२ हजार ६ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यहाँ २ लाख २६ हजारभन्दा बढी संक्रमित छन् ।

इटालीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० जनाको मृत्यु भएको छ । संक्रमणको हिसाबले रुस तेस्रो देश बनेको छ । जहाँ संक्रमितको संख्या २ लाख ३२ हजार नाघेको छ ।