६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


खुम्बुमा तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने


65
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आगामी भदौ महिना तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ ।

प्रथम गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको सम्झनामा तेस्रो स्मृति गोल्ड कप अन्तर्गत पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हुने प्रतियोगिता आगामी भदौ ९ गतेदेखि सुरु भएर ११ गते सकिने आयोजक नाम्चे युवा समूहले जनाएको छ ।

पालिकाभित्रका युवा समूह-क्लब-वडा-विद्यालय र सामुदायिक वन लगायतले प्रतियोगितामा सहभागी जनाउन सक्ने खेल संयाेजक लामाकाजी शेर्पाले बताउनुभयो । प्रथम स्थान ओगट्न सफल टिमलाई ५ लाख रुपैयाँ बराबरको गोल्ड कपको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने भएकाे छ ।

त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० र ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस प्रथम हुने टिमले प्राप्त गर्ने गोल्ड कप अर्को वर्ष प्रतियोगिता आयोजना गर्ने संस्थाले ५ लाख रुपियाँमा सोही कप खरिद गर्ने संयोजक शेर्पाको भनाइ छ ।