६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


थुलुङ दूधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार


39
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसा बुडिडाँडामामा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ र ८ को सामाजिक सुरक्षा भत्ता लगायत अन्य वित्तीय सुविधालाई मध्येनजर गर्दै शाखारहित बैंकिङ सेवाको सुरु गरिएको वडा वडाध्यक्ष राजेश राईले जानकारी दिनुभयो । स्थानीय चुँडामणी केसीद्वारा सञ्चालन हुने सेवाको उद्घाटन गर्दै गाउपाँलिकाका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताउनुभयो ।

सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरी बैंकिङ प्रणाली लागु गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएकोले यसलाई सहज बनाउन सेवा सुचारु गरिएको उहाँको भनाइ छ । त्यस्तै, जुबु र लोखिमलाई लक्षितगरि केही दिनभित्रमा सुकेपोखरीमा पनि शाखारहित सेवा सञ्चालन गरिने अध्यक्ष राईले बताउनुभयो ।

वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा असहजतासँगै महँगाे समेत हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिएको गाउँपालिकाले जनाएको छ । लक्ष्मी बैंक मुक्लिबाट प्राप्त गर्ने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्ने सकिने बैंकका म्यानेजर प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

अब देउसाका नागरिकहरु खाता खोल्न, सीमित रकम राख्न तथा पठाउन तथा झिक्न सकिने उहाँकोे भनाइ छ ।