
काठमाडौं, बैशाख ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
केही नेकपाका स्थायी कमिटी सदस्यको परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको श्रेष्ठले जानकारी दिए ।
बैठक बुधबार बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्