१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनको वुहानमा फेरि लकडाउन


9.373k
Shares

काठमाडौं । पहिलो पटक कोरोना भाईरसको संक्रमण पत्ता लागेको चीनको वुहानमा फेरि लकडाउन लागू गरिएको छ ।

वुहानको चियाङसिया जिल्लामा नयाँ बिरामी फेला परेपछि करिब दश लाख जनसंख्या रहेको उक्त शहरमा कडा खालको लकडाउन लागू गरिएको हो ।

शून्य संक्रमणको नीति लिएको चीनले न्युन मात्रामा संक्रमित फेला पर्ने बित्तिकै उक्त क्षेत्रमा कडा खालको लकडाउन गर्ने, सामूहिक परीक्षण र कठोर आइसोलेसन लागू गर्दै आएको छ ।

नियमित परीक्षणका क्रममा दुई दिनमा लगातार दुई/दुई जना संक्रमित फेला परेपछि तत्काल लकडाउन र संक्रमण नियन्त्रणका अन्य मापदण्ड लागू गरिएको हो ।

संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बरमा वुहान शहरमै सबैभन्दा पहिले कोरोना संक्रमितको पहिचान भएको थियो ।