
काठमाडौं, बैशाख ३१ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स नेपाली सेनाका लागि सहयोग सामग्री बोकेर नेपाल आएको छ ।
नेपाली सेनाका लागि चिनियाँ सेनाले दिएको मेडिकल सामग्री लिएर विमान नेपाल आएको हो । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको जनाइएको छ ।
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री सहयोगस्वरुप दिएको हो । ति सामग्री कोभिड–१९ विरुद्धको अभियानमा सेनाले प्रयोग गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्