
स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ ।
ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरवाही, पूराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, ४ बालक र १ बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
यस्तै, एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते तथा १५ जना मध्यम घाइते भएका थिए ।
यस्तै, सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा तनहुँमा पनि ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्