१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच हानथाप हुँदा बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन भएको छ ।

जेठबाट सुरु भएको प्रदेशसभाको १० औं अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र बजेट पास गर्नु बाहेक अन्य उल्लेख्य काम गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम समेत प्रतिपक्षीसँग सम्झौता गरेरमात्र सदनबाट पास गरेको थियो । प्रदेशसभाको अधिवेशन अन्तर्गत ३३ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्ताको खिचातानीका कारण ३३ पटक बसेको प्रदेशसभाको बैठक औपचारिकतामा मात्र सीमित भएको छ । जेठ १३ बाट सुरु भएको बजेट अधिवेशन सोमबार मध्यरातबाट स्थगन गरिएको छ ।

कानून अभावका कारण सरकार सञ्चालनमा बाधा हुँदै आएको बखत प्रदेशसभा बैठक सरकारले अधिवेशन छलेर ल्याएका अध्यादेशमाथिको छलफलमै सीमित भएको थियो । प्रदेशसभा बैठकले यो अधिवेशनमा ३ वटा मुल विधेयक पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै ३ वटा संशोधन विधेयक पारित भएको छ ।