३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा १५ अंकले वृद्धि


78
Shares

काठमाडौं । तीब्र उतारचढावकाबीच अन्तिम समयमा नेप्से परिसूचक १५ अंकले बढेर कारोबार बन्द भएको छ ।

बिहीबार नेप्से सूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ दशमलव ४२ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ । यसदिन कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ । विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन् । भने अन्य उपसमूह र निर्जिवन बिमा उपसमूहको सूचकमा गिरावट आएको छ ।

बिहीबार कारोबारमा आएका बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रउत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ ।

तर यता राधी विद्युतको सेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ । बिहीबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।