२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशमा रिक्त चार विषयगत समितिले पूर्णता पाए


78
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेका चार विषयगत समितिले पूर्णता पाएका छन् ।

डेढ वर्षदेखि रिक्त ६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिलाई पूर्णता दिइएको हो ।

सार्वजनिक लेखा समितिको समितिमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी चयन हुनुभएको छ भने एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापतिमा चयन हुनएभएको छ ।

एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति हुँदा अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन हुनुभएको छ ।

प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।