
ओखलढुंगा । सडक सञ्जालको विस्तारसँगै ओखलढुंगामा बर-पिपल र चौतारा मासिने क्रम बढेको छ ।
जथाभावी सडक निर्माण गरिदा यस्ता चौतारा मासिने क्रम बढेको हो । हिन्दु आस्थासँग जोडिएका बर-पिपल र चौतारा कुनै जमानामा भारी बिसाउने र पैदल यात्रा गर्दा थकान मेट्ने थलो बनेकाे थियो । यस्ता चौतारा ग्रामिण क्षेत्रको मौलिक पहिचान बनेको थियो ।
अहिले गाउँका टोलटोलमा पुगेका सडकका कारण चौतारा मासिन थालेका हुन् । सडकले गाउँका अधिकांश चौतारामा क्षति गरेको पाइएको छ । बर-पिपलको बोटलाई नजिकै रोपेर त्यसैको फेदमा ढुंगाको पर्खाल लगाएर चौतारो निर्माण गर्ने यहाँको पुरानो चलन हो ।
यातायातको बढ्दो पहुँचसँगै मानिसहरु पैदल हिंड्डुल गर्न छाडेसँगै बर-पिपल र चौताराको महत्व घट्दै गएको स्थानीय बताउँछन् । सडक निर्माणका क्रममा जोगाउन भन्दा भत्काउन थालिएपछि ग्रामिण पहिचान बोकेका यस्ता बर-पिपल र चौतारा संकटमा पर्दै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्