१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिन्धुलीमा पनि कोरोना संक्रमण बढ्दै


156
Shares

सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ ।

समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण दर उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा एकै दिन १०-१५ जनाको हाराहारीमा कोभिड-१९ संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड-१९ फोकल पर्सन सागर देवकोटाले बताउनुभएकाे छ।

सिन्धुली अस्पतालमा आएका ज्वरोसहित कोभिडका लक्षण देखिएका बिरामीको अस्पतालले एन्टिजेन परिक्षण गर्दा फेला परेका सक्रिय संक्रमित मध्ये केहीलाई उपचारको लागि काठमाडाैं जाने सल्लाह दिईएको छ । साथै अधिकांश होम आईसोलेसनमा रहेको सिन्धुली अस्पताल जनाएकाे छ ।

प्रदेश सरकार मातहतमा चलेको काराेना परीक्षणका लागि स्थापना गरिएको पीसीआर ल्याब र कोभिड अस्पताल २०७८ मंसिरदेखि बन्द भएपछि काेराेना संक्रमण फैलिएसँगै उपचार र सुरक्षाको चिन्ता बढ्न थालेको छ । प्रदेश सरकारले जनशक्ति कटौती गरेपछि कोभिड अस्पताल चल्न सकेको छैन् ।