
सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक गरिएको नतिजा अनुसार सिन्धुली जिल्लाबाट १ सय ५८ जना विद्यार्थीले ए प्लस ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या साधारण धार तर्फका १ सय ५५ जना र प्राविधिक धार तर्फका ३ जना गरी १ सय ५८ जना रहेका छन् ।
सिन्धुली जिल्लाका विभिन्न विद्यालयहरुबाट ३ सय ८७ जनाल ए अर्थात ३ दशमलव २० देखि ३ दशमलव ६० र ५ सय ३८ जनाले बी प्लस अर्थात २ दशमलव ८० देखि ३ दशमलव २० र १ हजार २५६ जनाले बी अर्थात २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए प्राप्त गरेकाे शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएकाे छ ।
सार्वजनिक भएको परिणाम अनुसार १ हजार ७ सय ३२ जनाले सी प्लस अर्थात २ देखि २ दशमलव ४ जीपीए र ९ सय ७६ जनाले सी अर्थात १ दशमलव ६ देखि २ जीपीए,१ दशमलव २ देखि १ दशमलव ६ जीपीए अर्थात डी प्लस ल्याउनेको संख्या २ सय ७३ जना र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या २० जना रहेका छन् ।
एसईई परीक्षामा सिन्धुली जिल्लाबाट ५ हजार ५ सय २४ जना सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । इकाईका अनुसार साधारणधार तर्फ ५ हजार ३ सय ४८ जना र प्राविधिक धार तर्फ १ सय ७६ जना परीक्षार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्