
काठमाडौं । नेकपा (एमाले)ले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरूले भेटेको भन्दै आपत्ति जनाएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाएको हो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको हो ।
सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाउनुभयो ।
उहाँले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गर्नुभयो ।
उहाँले आरोपित व्यक्ति शक्ति केन्द्रका मानिससँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने बताउनु भयो । उहाँले यस्तो कदमले पीडितमाथि झनै उत्पीडन हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्