२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेको संघीयताविरोधी आवाजलाई रोक्नुपर्छ : सांसद साह


1.144k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधिसभाभित्र संघीयता विरोधी आवाजलाई रोक्नुपर्ने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद साहले प्रतिनिधिसभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको बिरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने बताउनुभयो ।

सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूले संघीयता विरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।