१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री खड्का र अमेरिकी विदेश मन्त्री लुबीच भेटवार्ता


91
Shares

काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुग्नुभएको थियो ।

भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

हिजो साँझ लुलले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सिलेन्स अवार्ड नेपाली उत्पादक कम्पनीलाई प्रदान गर्नुभएको थियो ।

गत मंसिरमा पनि नेपाल आउनु भएका लु ले एमसीसी अनुमोदनका लागि लविङ गर्नुभएको थियो ।