२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा


715
Shares

काठमाडौं । हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा भित्रने भएका छन् ।

नेपालमा हिटाची होम अप्लायन्सेजको आधिकारीक वितरक रमेश ग्रुप अन्तर्गत्को युनिभर्सल इलेक्ट्रोकमले काडमाडौंमा एक पत्रकार तथा वितरक भेटघाट कार्यक्रममा हिटाचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो ।

यी उत्पादन आधुनिक, टिकाउ एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी छ । कम्पनीले आफ्ना उत्पादन गुणस्तरीय हुनुका साथै बिक्री पछिको सेवा समेत उत्कृष्ट रहने पनि जनाएको छ ।

कम्पनीले नयाँ आधुनिक प्रविधिहरुलाई ग्राहकसमक्ष ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।